
नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२/०८/०८ गते स्वीकृत “जनताको संविधानः जनताकै माझमा” भन्ने मूल नारा सहित राष्ट्रव्यापी प्रचार अभियान ( मिति २०७२/०८/२१ देखि मिति २०७२/०९/२१ सम्म १ महिने ) को अवधारणा अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट परिपत्र भइ आएबमोजिम जिल्ला विकास समितिको कार्यालय खोटाङ्गको संयोजनमा जिल्लाका क्रियाशील राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी महासंघका पदाधिकारीहरु, उद्योग बाणिज्य संघ, पेशागत संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा पदाधिकारीहरु, विभिन्न जिल्ला समन्वय समितिका उपाध्यक्षहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारीहरु, संचारकमीहरु तथा नागरिक समाजका अगुवाहरु लगायतका महानुभावहरु जिल्ला विकास समितिको कार्यालय परिसरमा भेला भई प्रचार प्रसार अभियानको ब्यानर र विभिन्न नारा लेखिएका प्ले कार्डहरु सहित प्रभात फेरी ( नगर परिक्रमा ) गरी जिल्ला विकास समितिकै समीक्षा हलमा एक औपचारिक कार्यक्रम संचालन गरी समापन गरियो । अभियानको पहिलो दिनको उक्त कार्यक्रम जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी श्री निश्चलराज पाण्डेको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख जिल्ला अधिकारी श्री रुद्र प्रसाद खडका प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले संविधानका मुख्य मुख्य विशेषताहरु र उपलब्धीहरुको चर्चा गर्दै अभियानमा धेरै भन्दा धेरै नागरिकहरुलाई सहभागी गराई गाउँ स्तर सम्म प्रभावकारी रुपमा सञ्चालन गरिनु पर्ने र यो अभियानमा सबै राजनैतिक दलहरुको महत्वपूर्ण भूमिका रहनु पर्ने विचार राख्नुभएको थियो ।
कार्यक्रमका केही झलकहरू