जिल्ला समन्वय समिति खोटाङको प्रथम बैठक मिति २०७४ साल श्रावण २२ गते सम्पन्न भएको छ। बैठक अघि जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित पदाधिकारीहरुलाई अविर,माला र खादा प्रदान गरी जिससको कार्यालयमा स्वागत गरिएको थियो। स्वागत कार्यक्रम पश्चात प्रमुख, उपप्रमुख तथा सदस्यहरूबाट पदभार ग्रहण कार्य सम्पन्न भयो।पदभार ग्रहण पछि जिससको हलमा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रमको अध्यक्षता स्थाविअ श्री राजनकुमार बि.सी.ज्यूले गर्नुभएको थियो भने व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री विशाल भट्टराईज्यूको प्रमुख आतिथ्यता, व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री पांचकर्ण राईज्यूको विशेष आतिथ्यता रहेको थियो।उक्त कार्यक्रमको समापन पश्चात जिससको बैठक कक्षमा जिल्ला समन्वय समितिका प्रमुख श्री बबि चाम्लिङज्यूको अध्यक्षता तथा व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री विशाल भट्टराईज्यू, व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री पांचकर्ण राईज्यू,जिल्ला समन्वय समितिका उपप्रमुख श्री गोमादेवी खत्रीज्यू , जिल्ला समन्वय समितिका सदस्यज्यूहरु र स्थानीय विकास अधिकारी श्री राजनकुमार बि.सी.ज्यूको उपस्थितिमा जिल्ला समन्वय समिति खोटाङको प्रथम बैठक बसेको थियो।
जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको स्वागत तथा पदभार ग्रहण कार्यक्रमका केही झलकहरू: