यस जिल्ला समन्वय समितिको कार्यालय,खोटाङबाट योजना सम्पन्न गरिसकेपश्चात उक्ता योजनाको उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन तथा योजना हस्तान्तरण गर्ने कार्यको थालनी भएको छ।आज मिति २०७४ सात असार १ गते जिससको बैठक कक्षमा आयोजित एक कार्यक्रमका बिच स्थानीय विकास अधिकारी श्री राजनकुमार बि.सि.ज्यूले स्यालगौंडे-टेम्मा-लफ्याङ सडक निर्माण योजनाको उपभोक्ता समितिका अध्यक्ष श्री धनकुमार राईज्यूलाई स-सम्मान योजना सम्पन्न र योजना हस्तानतरणको प्रमाणपत्र, योजनासंग सम्बन्धित कागजातहरूको फाईल तथा भुक्तानी हुन बांकी रकमको चेक हस्तान्तरण गरेर उक्त कार्यक्रमको सुरुवात गर्नुभयो।