जिल्ला समन्वय समिति खोटाङको प्रथम बैठक मिति २०७९ साल जेष्ठ ३० गते सम्पन्न भएको छ। बैठक अघि जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित पदाधिकारीहरुलाई अविर,माला र खादा प्रदान गरी जिससको कार्यालयमा स्वागत गरिएको थियो। स्वागत कार्यक्रम पश्चात प्रमुख, उपप्रमुख तथा सदस्यहरूबाट पदभार ग्रहण कार्य सम्पन्न भयो।पदभार ग्रहण पछि जिससको हलमा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता श्री सन बहादुर राईज्यूले गर्नुभएको थियो भने नेपाली कांग्रेस जिल्ला कार्यसमितिकाे सभापति श्री विष्णु कुमार राईज्यूकाे आतिथ्यता, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि अध्यक्ष श्री दिपक पाण्डेज्यूकाे आतिथ्यता, जनता समाजवादी नेपाल जिल्ला समिति अध्यक्ष श्री टंक थापाज्यूकाे आतिथ्यता, नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष श्री जलसेर राईज्यूकाे आतिथ्यता, निवर्तमान समन्वय प्रमुख श्री ववि चाम्लिङज्यूकाे आतिथ्यता, संविधान सभाका माननीय श्री समिता कार्कीज्यूको आतिथ्यता, माननीय ससद श्री कुल शर्मा फुयालकाे आतिथ्यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख श्री तीर्थराज भट्टराईकाे आतिथ्यता, पालिका प्रमुखज्यूकाे, अध्यक्षज्यूकाे, उपप्रमुखज्यूकाे र उपाध्यक्षज्यूकाे आतिथ्यता रहेको थियो। उक्त कार्यक्रमको समापन पश्चात जिससको बैठक कक्षमा जिल्ला समन्वय समितिका प्रमुख श्री सन बहादुर राईज्यूको अध्यक्षता तथा निवर्तमान समन्वय प्रमुख श्री ववि चाम्लिङज्यू, जिल्ला समन्वय समितिका उपप्रमुख श्री सुरेश कुमार तामाङज्यू , जिल्ला समन्वय समितिका सदस्यज्यूहरु र जिल्ला समन्वय अधिकारी श्री ददि प्रसाद आचार्यज्यूको उपस्थितिमा जिल्ला समन्वय समिति खोटाङको प्रथम बैठक बसेको थियो।
जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको स्वागत तथा पदभार ग्रहण कार्यक्रमका केही झलकहरू: