खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक मिति २०७४ साल श्रावण १२ गते सम्पन्न भएको छ। बैठक अघि खोटाङ जिल्लाका दश वटै स्थानीय तहका निर्वाचित पदाधिकारीहरुलाई अविर,माला र खादा प्रदान गरी जिससको कार्यालय प्राङ्गणमा स्वागत गरिएको थियो।तत् पश्चात पञ्चेबाजा तथा विभिन्न झांकी सहित निर्वाचित पदाधिकारीहरुलाई दिक्तेल बजार परिक्रमा गराईएको थियो।बजार परिक्रमा पश्चात जिससको समिक्षालय हलमा भव्यताका साथ उद्घाटन समारोह सत्र सम्पन्न भयो।उक्त उद्घाटन सत्रको अध्यक्षता स्थाविअ श्री राजनकुमार बि.सी.ज्यूले गर्नुभएको थियो भने व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री विशाल भट्टराईज्यूको प्रमुख आतिथ्यता, व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री पांच कर्ण राईज्यूको विशेष आतिथ्यता तथा माननीय जिल्ला न्यायाधिश श्री शान्तिप्रसाद आचार्यज्यूको विशेष आतिथ्यता रहेको थियो।उक्त उद्घाटन समारोहको समापन पश्चात जिससको बैठक कक्षमा जिल्ला सभाका जेष्ठ सदस्य ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष श्री विश्वनाथ निरौलाज्यूको अध्यक्षता तथा व्यवस्थापिका संसदका सदस्य माननीय सांसदज्यूहरु, जिल्ला सभा सदस्य तथा निर्वाचित पदाधिकारीज्यूहरु र सदस्य सचिव तथा स्थानीय विकास अधिकारीज्यूको उपस्थितिमा प्रथम जिल्ला सभा बैठक बसेको थियो।
प्रथम जिल्ला सभा बैठक उद्घाटन समारोह तथा प्रथम जिल्ला सभा बैठकका केही झलकहरू: