जिल्ला विकास समिति खोटाङले आ.व. २०७१/७२ मा सम्पादित कार्यको सामाजिक जिम्मेवारी पूरा गर्नेतर्फ लगानी केन्द्रित छ छैन भन्ने विषयमा जनधारणा समेत बुझी सुधारको अवसर प्रदान गर्नका लागि समाजका विपन्न, दलित, जनजाति, महिला, बालबालिका तथा पिछडीएका वर्ग, अपाङ्ग, जेष्ठ नागरिकको उत्थानमा गरेको प्रयास तथा त्यसको उपलब्धि असर, प्रभावलाई समेत लेखाजोखा गर्नका लागि स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधी, २०६७ अनुसार जिल्ला विकास समिति खोटाङको आ.व. ०७१/०७२ मा सम्पादित कार्यको सामाजिक परीक्षण गर्नुपर्ने भएकोले स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधी, २०६७ बमोजिम कार्यविधिमा तोकिएको कार्य सम्पन्न गर्नको लागि निम्न योग्यता पुगेका व्यक्तिहरूले निम्न लिखित शर्तहरूको अधिनमा रही रू. ३००/- (तीन सय मात्र) दस्तुर बुझाई यस कार्यालयबाट उपलब्धहुने फाराम भरी आफ्नो शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी तथा व्यक्तिगत विवरण सहित मिति २०७२/०७/०२ गते सिलबन्दी गरी कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी थप जानकारी लिनुपरेमा कार्यालयमा सम्पर्क गर्नहुन समेत जानकारी गराइन्छ।