जिल्ला विकास समितिको कार्यालय, खोटाङमा डिजिटल नोटिस बोर्ड जडान गरी सञ्चालनमा आएको छ । उक्त नोटिस बोर्ड श्रीमान् प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद खड्काज्यू बाट मिति २०७२ साल कार्तिक १६ गते एक कार्यक्रमका बीच उद्घाटन गरी सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला विकास समिति, खोटाङका स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेज्यूले गर्नु भएको थियो भने कार्यक्रममा जिल्लास्थित विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू तथा जिविस र जिल्ला प्रविधिक कार्यालयका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
सेवाग्राही वर्ग, निकायहरू साथै सबै सरोकारवालाहरूमाझ सूचनाको पहुँच अभिवृद्धि गर्न, कार्यालयबाट प्रवाहीत दैनिक कामकाजलाई पारदर्शी र सुशासनयुक्त बनाउन तथा सुचना प्रविधिको प्रयोगलाई बढावा दिन उक्त नोटिस बोर्ड सञ्चालनमा ल्याइएको हो । डिजिटल नोटिस बोर्डमार्फत नागरिक बडापत्र, बार्षिक कार्यक्रम तथा अख्तियारीहरू, योजना तथा कार्यक्रम सम्बन्धी विवरणहरू, सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरणहरू, समसामयीक सूचना तथा जानकारीहरू समेतका स्रोत सामग्रिहरू प्रसारण गरिनेछ ।