खोटाङ जिल्लाको २३ औं जिल्ला परिषद २०७२ फागुन २७ मा सम्पन्न भएको छ । माननीय संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री श्री विराज बहादुर विष्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोह विच स्थानीय विकास अधिकारी श्री निश्चलराज पाण्डेले आर्थिक वर्ष २०७३/०७४ का लागि रु. २,४९,२८,२२,०००/- (दुई अर्ब उनन्चास करोड अठ्ठाईस लाख बाईस हजार) को प्रस्तावित बजेट सार्वजनिक गर्नु भएको थियो ।प्रस्तुत प्रस्तावित बजेट चालू आर्थिक वर्षको कूल बजेट रू. २,२३,८८,२८,०००/- (दुई अर्ब तेइस करोड अठासी लाख अठ्ठाईस हजार) को तुलनामा १०.१९% ले बृद्धि भएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहको उद्घाटन प्रमुख अतिथि माननीय संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री श्री विराज बहादुर विष्टज्यूले पानसमा वत्ति वालेर गर्नुभएको थियो । समारोहमा व्यवस्थापिका संसदका माननीय सांसदज्यूहरु, पुर्व राज्यमन्त्री, पुर्व सभासद तथा सांसद, पुर्व सभापति, राजनैतिक दलका प्रमुख एंव प्रतिनिधि, सरकारी, गैर सरकारी र निजी क्षेत्रका प्रमुख एंव प्रतिनिधि, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
समारोहका केहि झलकहरू